काठमाडौ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

आज सुनको मूल्य तोलामा ४०० रूपैयाँ र चाँदीको मूल्य तोलामा २० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि छापावाल सुनको मूल्य तोलामा ९० हजार ३०० रूपैयाँ कायम भएको छ। शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँ कायम भएको छ । शुक्रबार तेजावी सुन प्रतितोला ९० हजार २०० रूपैयाँमा कारोबार भएको थियो ।

साथै, शुक्रबार चाँदी प्रतितोला १२ सय १५ रूपैयाँ कायम भएकोमा आज भने २० रूपैयाँले घटेर ११ सय ९५ रूपैयाँ कायम भएको छ ।

सम्बन्धित खबरहरु