काठमाडौं । एमसीसीकी उपाध्यक्ष फतिमा सुमारले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग भेटवार्ता गर्नुभएको छ ।

नेपाल भ्रमणमा रहेको एमसीसी अध्यक्ष सुमारसहितको टोलीले शुक्रवार अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोसँग भेटवार्ता गर्नुभएको लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो । ‘फोटो आज सार्वजनिक भएपनि भेटवार्ता शुक्रवार भएको हो,’ कार्यकारिणी झाले भन्नुभयो ।

कार्यकारिणी सदस्य झाका अनुसार शुक्रवारै नक्सालस्थित होटेल मेरियटमा भेटवार्ता भएको हो । भेटमा अध्यक्ष ठाकुरले एमसीसीबारे सत्तारुढ दलभित्र विवाद भएकाले पारित गर्ने–नगर्ने सरकारकै हातमा रहेको बताउनुभएको थियो ।

यसअघि एमसीसी टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनता पार्टीका अध्यक्ष उपेन्द्र यादवका साथै सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई लगायतका नेताहरूसँग भेटवार्ता गरिएको थियो ।

सम्बन्धित खबरहरु