काठमाडौं । दशैंको मुखमा मोटरसाइकल र स्कुटरको मूल्य बढ्ने देखिएको छ । आर्थिक वर्ष २०७८÷०७९ को बजेट अध्यादेशको प्रतिस्थापन विधेयकले धेरै क्षेत्रहरु प्रभावित हुने देखिएको हो ।

विधेयकमार्फत गरिएको अन्तस्शुल्क र सडक दस्तुर वृद्धिले दुईपाङ्ग्रे सवारी साधनको मूल्य बढ्ने पक्का भएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसदमा पेश गरेको प्रतिस्थापन विधेयकमा अन्तस्शुल्क र सडक दस्तुरमा वृद्धि गरिएको छ ।

सरकारको यस कदमले तयारी अवस्थामा आयात हुने मोटरसाइकल र स्कुटरको मूल्य बढ्ने व्यवसायीहरु बताउँछन् ।

प्रतिस्थापन विधेयकमा सरकारले ५० माथिदेखि १२५ सीसीसम्मलाई ४० प्रतिशत अन्तशुल्क कायम राखेको छ । यी मोटरसाइकल÷स्कुटरमा १५ हजार रुपैयाँ सडक दस्तुर पनि तोकिएको छ ।

अर्कोतिर १२५ भन्दामाथि २०० सीसीसम्मको मोटरसाइकलको नयाँ ‘स्ल्याब’ बनाएर अहिलेको बजेटमा अन्तस्शुल्क ४० प्रतिशत तोकेको छ ।

प्रतिस्थापन विधेयकले २०१ देखि २५० सीसीसम्मका दुइपाग्रे सवारीमा ६० प्रतिशत अन्तशुल्क तोकेको छ ।

मुख्यतः हिरो, यामाहा, होण्डा, सुजुकी लगायतका कम्पनीका लोकप्रिय सेगमेन्टका मोटरसाइकल र स्कुटरको मूल्य एकैपटक १७ हजार रुपैयाँसम्म बढ्ने देखिन्छ ।

२५० भन्दा माथि ५०० सीसीसम्मका दुईपांग्रे सवारी साधनको अन्तस्शुल्क ६० प्रतिशत कायमै राख्दा ५०० सीसीभन्दा माथिमा १०० प्रतिशत बनाएको छ ।

सम्बन्धित खबरहरु