एकीकृत नेकपा माओवादी सहितको १९ दलिय मोर्चाले संविधानसभामा सभामुखले प्रस्तुत गरेको प्रश्नावली समिति बनाउने निर्णय नसच्याइए सम्म कांग्रेस एमालेसँग बार्तामा नवस्ने उद्घोष गरेका छन् ।
आइतबार साँझ सिंहदबारमा बसेको मोर्चाको बैठकबाट सभाध्यक्षको निर्णय नसच्याए सम्म प्रतिपक्षीहरु सत्तारुढ दलहरुसँग बार्तामा नवस्ने निश्कर्ष निकालिएको हो ।
बैठक पछि निर्णय सार्वजनिक गर्दे एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभामा सभामुखले प्रस्तुत गरेको प्रश्नावली समिति बनाउने निर्णय नसच्याइए सम्म सत्तारुढ दलहरुसँग बार्तामा नबस्ने निर्णय भएको जानकारी दिएका थिए ।
मोर्चाले संविधानसभा अध्यक्षको कदम प्रतिगामि भन्दै उनका बिरुद्ध देशव्यापि प्रदर्शन गर्ने निर्णय समेत गरेको छ ।
वैठकले सुवास नेम्वाङ संविधानसभाको अध्यक्ष भन्दा पनि एमालेको प्रवत्ताको रुपमा संविधानसभामा प्रस्तुत भएको आरोप लगाएको छ ।
देश मुटभेड तर्फ गएको भन्दै मोर्चाले त्यसको जिम्मेवार कांग्रेस एमालेको भएको तर्क गरे ।