काठमाडौं । कक्षा ११ को परीक्षा तालिका प्रकाशित गरिएको छ । नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी, भक्तपुरले कक्षा ११ को आंशिक÷ग्रेडवृद्धि परीक्षाको समय तालिका प्रकाशित गरिएको हो ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा २०७८ मा सञ्चालन हुने कक्षा ११ को साधारण (संगीत, ललितकला र संस्कृत विषय समूह समेत) तथा प्राविधिक विषय समूह तर्फका ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरू (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अङ्क ७६ वा सोभन्दा कम र ७० वा सोभन्दा बढी भएका) को वार्षिक परीक्षा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दूरीको पालना गरी सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम गरी देहाय अनुसार परीक्षा कार्यक्रम सञ्चालन गरिने हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको हो ।

सम्बन्धित खबरहरु