काठमाडौं । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन प्रक्रिया स्थगित गर्न अनुराेध गरेकाे छ ।

मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई पत्र लेख्दै यस्तो अनुराेध गरेकाे हो । एनआरएनए को १० औँ महाधिवेनका प्रतिनिधिहरु चयन गर्न संस्थापन पक्षले व्यापाक धाँधल गरेको भन्दै उजुरी परेपछि मन्त्रालयले पत्र लेख्दै निर्वाचन प्रक्रिया स्थगन गर्न भनेकाे हो ।

परराष्ट्रका अनुसार उक्त निवेदनमा राष्ट्रिय समन्वय परिषद्को प्रतिनिधि छनौट प्रक्रियामा अस्ट्रेलिया, जर्मनी, अमेरिका, न्यूजिल्याण्ड, बेल्जियम, साइप्रस, अस्ट्रिया, बेलायत, चेक गणतन्त्र, स्वीजरल्याण्ड, स्वीडेन, नेदरल्याण्ड, डेनमार्क, पार्चुगललगायत मुलुकहरुमा समस्या रहेको पत्रमा उल्लेख छ । यसैगरी पत्रमा जापानकोे राष्ट्रिय समन्वय परिषद्को निर्वाचनका सम्बन्धमा उठेका विषयबारेमा सम्बोधन नगरिएको लेखिएको छ ।

सम्बन्धित खबरहरु