काठमाडौं । सातको दोस्रो दिन (सोमबार) नेपाली बजारमा सुनको भाउ तीन सय रुपैयाँले वृद्धि भएको छ ।

साताको कारोबारको दोस्रो दिन आज (सोमबार) सुनचाँदीको मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।

छापावाला सुन आज नेपाली बजारमा प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

गत आइतबार बजारमा ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

अर्कोतिर तेजावी सुन आज प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी आज तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

गत आइतबार चाँदी एक हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।

यता तेजाबी सुनको मूल्य तोलामा तीन सय रुपैयाँले नै वृद्धि हुँदै सोमबार ९० हजार एक सय रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।

सम्बन्धित खबरहरु