काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गर्नुभएको रिट निवेदनमाथि सुनुवाइ शुरु भएको छ ।

अध्यक्ष ओलीले भदौ १७ गते निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियो ।

सोमबार सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश मीरा खड्काको संयुक्त इजलासमा उक्त रिट निवेदनको पेशी तोकिएको छ ।

ओलीले सर्वोच्चमा दायर गर्नुभएको रिट निवेदनमा एमालेले कारबाही सिफारिस गरेको १४ सांसद पदमुक्त भइसकेको र त्यसलाई आयोगले मान्यता दिएर नयाँ पार्टीको मान्यता दिनु असंवैधानिक भएको जिकिर गरिएको छ ।

त्यस्तै रिटमा सभामुख सापकोटा, निर्वाचन आयोग, नेपालसहित १४ सांसद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई विपक्षी बनाइएको छ । ओलीले १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गर्नुभएको छ ।

सम्बन्धित खबरहरु