काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फर्केसँगै नेपालमा विरोध प्रदर्शन शुरु भएको छ ।

उपाध्यक्ष फातिमा सुमार चार दिने नेपाल भ्रमण गरेर आइतबार साँझ फर्केकी छन् । गत बिहीबार बिहान नेपाल आइपुगेकी सुमारले राजनीतिक भेटघाट पनि गर्नुभयो ।

नयाँ सरकार बनेसँगै लामो समयदेखि सांसदमा विचाराधीन रहेको एमसीसी सम्झौता अनुमोदन गराउन अमेरिकाले थालेको प्रयास स्वरुप एमसीसी उपाध्यक्ष सुमारको नेपाल भ्रमण भएको थियो ।

सुमार नेपाल आउने जानकारी पाएपछि एमसीसीको विरोधमा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।

यो बीचमा उनी फर्केपछि एमसीसीको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र आईटी आर्मीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

एमसीसी राष्ट्रघाती भएको भन्दै उनीहरुले एमसीसी सम्झौता खारेज गर्न टुँडिखेलमा जनसभा गरेका हुन् । उनीहरुले एमसीसी सम्झौता स्वीकार्नु देश अस्थिरता र द्वन्द्वमा फस्ने बताएका छन् ।

प्रदर्शनका क्रममा एमसीसी सम्झौता पास गर्नु नवऔपनिवेशिकरण स्वीकार्नु हो भनिएको छ । ‘एमसीसी सँगको सम्झौता खारेज गरौं, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं’ सहितका नारा लगाएका छन् ।

सम्बन्धित खबरहरु