काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्नुभएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कुनै हालतमा लागू हुन नदिने बताउनु भएको हो ।

सोमबार खुलामञ्चमा आयोजित विरोध सभामा भएको सम्बोधनमा उहाँले यस्तो बताउनुभयो ।

पानीले भिन्दै सम्बोधन गर्नुभएका विप्लवले पार्टी प्रतिबन्धमा रहेका बेला नै यो सम्झौता अध्ययन गरेको र लागू हुन नदिने स्पष्ट पार्नुभयो ।

उहाँले सो सम्झौता नेपालको स्वाधीनता र सार्वभौमिकताको विरोधमा भएको उल्लेख गर्नुभयो ।

अमेरिकाले जुन देशबाट आफ्नो राष्ट्रिय सुरक्षामा चुनौती हुन्छ, त्यहीँ एमसीसी लागू गर्ने गरेको उहाँको भनाई रहेको छ ।

नेपालमा पनि लप्सीफेदीदेखि सुगौलीसम्म बनाइने विद्युतका टावरको सुरक्षा खतराका नाममा अमेरिकी फौज नेपाल आउने खतरा देखिएको उहाँले बताउनुभयो । यदि एमसीसी बलपूर्वक पास गर्न खोजिए झिल्को राँको बन्ने चेतावनी दिनुभयो ।

सम्बन्धित खबरहरु