मस्कट (ओमान) । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ । अमेरिका बिरुद्ध नेपालको शानदार प्रर्दशन देखिएको छ ।

ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको अमेरिकाले चौथो विकेट गुमाएको छ ।

अमेरिकाका नोसथुस केन्जुके ३०औँ ओभरको चौथो बलमा रन आउट भएका हुन् । उनले अमेरिकाका लागि २६ बलमा १३ रन बनाए ।

नेपालका लागि कुशल मल्लले २३औँ ओभरको तेस्रो बलमा निसागर पटेललाई बोल्ड आउट गराए । पटेलले ३९ बलमा २१ रन बनाए ।

यसअघि नेपालका लागि सन्दीप लामिछानेले १०औँ ओभरको अन्तिम बलमा दोस्रो विकेट लिएका थिए । उनले सुशान्त मोडानीलाई १६ रनमा एलबीडब्लू आउट गराएका थिए ।

नेपालका लागि विक्रम सोबले पहिलो विकेट लिएका थिए । अमेरिकाले २३ ओभरको समाप्तीमा ३ विकेट गुमाएर ९७ रन बनाएको छ ।

ओमानमा भइरहेको अमेरिका, नेपाल र घरेलु टोलीबीचको त्रिदेशीय शृंखलामा यो पहिलो खेल हो ।

यसअघि नेपाल र अमेरिकाले अभ्यास स्वरुप पपुवा न्युगिनीविरुद्ध खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो । अमेरिकाले दुवै खेलमा सहज जित निकालेको थियो भने नेपालले पनि दुवै खेलमा विजय हासिल गरेको थियो ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालको यो दोस्रो त्रिदेशीय शृंखला हो । यसअघि नेपालमै फेब्रुअरी २०२० मा सम्पन्न त्रिदेशीय शृंखलामा नेपालले अमेरिकालाई दुबै खेलमा पराजित गरेको थियो ।

तर, ओमानको कन्डिसन र पिचको अवस्था नेपालको भन्दा फरक भएकाले नतिजामा पनि फरक पर्ने नेपालका कप्तान ज्ञानेन्द्र मल्लले बताएका छन् ।

नेपाली टोली
कुशल मल्ल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल, विनोद भण्डारी, कुशल मल्ल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, विक्रम सोब, सुशन भारी ।

 

सम्बन्धित खबरहरु