काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय परीक्षा नियन्त्रण महाशाखा बल्खु, काठमाडौंले परीक्षाफल प्रकाशित गरेको हो ।

नतिजा प्रकाशित गर्दै त्रिविले भनेको छ, ‘यस संकायद्वारा २०७८ साल साउन महिनामा सञ्चालित स्नातक तह सातौं सेमेष्टरको आंशिक र नियमित परीक्षाको परिक्षाफल यस शिक्षाशास्त्र संकायको परीक्षा सञ्चालक समितिको बैठकको निर्णयबमोजिम प्रकाशन गरिएकोले सम्बन्धित सबैलाई सुचित गरिन्छ ।’

साथै त्रिविले त्रुटिरहित नतिजा प्रकाशन गरिएको भन्दै भुलवश गल्ती भएमा सच्चाउने बताएको छ ।

अर्को तिर त्रिविले स्नातक तह प्रथम सेमेस्टर नियमित तथा आंशिक को परीक्षा आवेदन फारम भर्ने सम्बन्धी भने सूचना जारी गरेको छ ।

त्रिवि शिक्षाशास्त्र सङ्कायले सेमेष्टर प्रणालीमा आधारित स्नातक तह प्रथम सेमेस्टर नियमित तथा आंशिकको २०७८ साल कार्तिक महिनामा सञ्चालन हुने परीक्षामा सम्मिलित हुन चाहने विद्यार्थीहरुलाई २०७८ साल असोज १५ गते सम्ममा आ–आफ्नो क्याम्पसमा सम्पर्क गरी परीक्षा आवेदन फारम अनलाइनमार्फत भर्ना हुन सुचित गरेको हो ।

सम्बन्धित खबरहरु