काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ ।
त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले परीक्षाफल प्रकाशित गरेको हो ।
परीक्षाफल प्रकाशित गर्दै त्रिविले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुद्वारा सेमेस्टर परीक्षा प्रणाली अनुसार २०७७ साल फागुन/चैत्र महिनामा सञ्चालन भएको चार वर्षे स्नातक तह प्रथम बर्ष प्रथम सत्र २०७६ समूहको परीक्षाको परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन परीक्षा सञ्चालक समितिको प्रकाशित गरिएको छ ।’
साथै त्रिविले लब्धाङ्कपत्र सम्बन्धित क्याम्पस वा कलेज बाट प्राप्त गर्न सकिने जानकारी गराएको छ । परीक्षाफल सकेसम्म त्रुटीरहित होस् भन्ने उदेश्यका साथ प्रकाशित गरिएको बताउँदै त्रिविले छपाईं तथा अन्य कुनै कारणबाट गल्ती भएमा कार्यालयको अभिलेखबाट सच्याइने पनि स्पष्ट पारेको छ ।
पुनर्योग गर्न चाहनेहरुले परीक्षाफल प्रकाशित भएको मितिले २० दिनभित्र आवेदन दिइसक्नु पर्ने छ ।