काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ ।
त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले परीक्षाफल प्रकाशित गरेको हो ।
परीक्षाफल प्रकाशित गर्दै त्रिविले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुद्वारा सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार २०७८ साल साउन महिनामा सञ्चालन भएको स्नातकोत्तर तह विषय दोस्रो वर्ष चौथो शस्त्र २०७४ समूहको नियमित परीक्षा दिईं दुई विषयसम्म अनुतीर्ण हुने विद्यार्थीहरूको आंशिक परीक्षाको परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।’
साथै त्रिविले लब्धाङ्कपत्र सम्बन्धित क्याम्पस वा कलेज बाट प्राप्त गर्न सकिने जानकारी गराएको छ ।
परीक्षाफल सकेसम्म त्रुटीरहित होस् भन्ने उदेश्यका साथ प्रकाशित गरिएको बताउँदै त्रिविले छपाईं तथा अन्य कुनै कारणबाट गल्ती भएमा कार्यालयको अभिलेखबाट सच्याइने पनि स्पष्ट पारेको छ ।