काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जरूरी सूचना प्रकाशित गरेको छ । त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानको महत्वपूर्ण सूचना प्रकाशित गरिएको हो ।

स्नातकोत्तर तह प्रथम वर्ष प्रथम शत्र २०७७ को कक्षा संचालन सम्बन्धी सूचना जारी गरिएको छ ।

जारी सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका केन्द्रीय विभाग, आंगिक क्याम्पस, सम्बन्धन प्राप्त कलेज तथा स्कूलहरुमा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार पठन पाठन हुने स्नातकोत्तर तह

प्रथम वर्ष प्रथम शत्र २०७७ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको कक्षा संचालन सम्बन्धित केन्द्रीय विभाग, आंगिक क्याम्पस, सम्बन्धन प्राप्त कलेज तथा स्कूलहरुमा आ–आफ्नो अनुकुलतालाई मध्यनजर गरी

२०७८ साल असोज १–६ गते बाट संचालन हुने भएकोले सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै सम्बन्धित विद्यार्थीहरुले आ–आफ्नो केन्द्रीय विभाग/क्याम्पस/कलेज/स्कूलमा सम्र्पक राख्नुहुन सुचित गरिन्छ ।’

सम्बन्धित खबरहरु