काठमाडौं । बलपूर्वक एक महिलासँग सम्बन्ध बनाएका एक किशोर पक्राउ परेका छन् ।

सो आरोपमा पर्वत प्रहरीले १७ वर्षीया किशोरलाई पक्राउ गरेको हो । त्यहाँको दक्षिण पर्वतको पैयुँ गाउँपालिकाका ती किशोरमाथि ३८ वर्षीय महिलाले बलपूर्वक सम्बन्ध कायम गरेको आरोप लगाएकी छिन् ।

पर्वत प्रहरीका अनुसार गत वैशाख १५ गते साँझ ६ बजेतिर खेतमा काम गरिरहेको समयमा महिलासँग किशोरले सम्बन्ध राखेका थिए ।

ति महिलाका दाजुले गत शुक्रबार पर्वत प्रहरीमा उजुरी दिएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । सोही उजुरीका आधारमा प्रहरीले शनिबार किशोरलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पर्वत जिल्ला अदालतबाट आइतबारदेखि लागू हुनेगरी ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।

गोपनीयताका कारण दुवै पक्षको विवरण खुलाइएको छैन । यति लामो समयदेखि उजुरी दायर भएको भन्दै मानिसहरुले आश्चर्य प्रकट पनि गरिरहेका छन् ।

सम्बन्धित खबरहरु