मस्कट (ओमान) । आईसीसी क्रिकेट विश्वकप लिग–२ माअहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ ।

ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा अमेरिकाले दिएको २३१ रनको लक्ष्य पछ्याइरहेको नेपालले आफ्नो पहिला विकेट गुमाएको छ ।

नेपालका आसिफ शेख १४औँ ओभरको छैटौँ बलमा बलमा २३ रन बनाउँदै पेबेलियन फर्किएका हुन् । उनलाई नोथुस केन्जिजेले क्याच आउट गराएका हुन् ।

यो समाचार तयार पार्दासम्म नेपालले ८० रन जोडिसकेको छ । मात्र १६ ओभर ३ बलको क्षतिमा ८० रन पुगेको छ । कुशल भुर्तेलले ४४ रन जोडेका छन् भने ज्ञानेन्द्र मल्लले ९ रन जोडेका छन् । कुशल भुर्तेल अर्ध सतकका लागि प्रयासरत छन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३० रन बनाएको थियो । त्रिदेशीय शृखला अन्तर्गत नेपाले पहिलो खेल अमेरिकासँग खेलेको हो ।

सम्बन्धित खबरहरु