मस्कट (ओमान) । आईसीसी क्रिकेट विश्वकप लिग–२ माअहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ ।

ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा अमेरिकाले दिएको २३१ रनको लक्ष्य पछ्याइरहेको नेपालका कुशल भुर्तेल चम्किएका छन् ।

उनले सहज अर्धसतक पूरा गरेका छन् । ६७ बलको खर्चमा उनले ५० रन बनाए । उनले एक छक्का र २ चौका लिए । नेपालले आफ्नो दुई विकेट गुमाएको छ ।

नेपालका आसिफ शेख १४औँ ओभरको छैटौँ बलमा बलमा २३ रन बनाउँदै पेबेलियन फर्किएका हुन् । उनलाई नोथुस केन्जिजेले क्याच आउट गराएका हुन् ।

त्यसपछि क्रिजमा छिरेका ज्ञानेन्द्र मल्लपनि आउट भए । ज्ञानेन्द्रले १५ बलमा १७ रन जोडे । एक चौक र एक छक्का लिन ज्ञानेन्द्र सफल भएका थिए ।

यो समाचार तयार पार्दासम्म नेपालले ९९ रन जोडिसकेको छ । मात्र २२ ओभर २ बलको क्षतिमा ९९ रन पुगेको छ । जितका लागि नेपालले अब १३२ रन जोड्नुपर्नेछ । यो अवस्था कायम रहे नेपालले जित्ने निश्चित छ ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३० रन बनाएको थियो । त्रिदेशीय शृखला अन्तर्गत नेपाले पहिलो खेल अमेरिकासँग खेलेको हो ।

 

सम्बन्धित खबरहरु