काठमाडौ । नेपाली शान्ति सैनिकहरुको मेडल परेड समारोह सम्पन्न भएको छ । परेड समारोह सम्पन्न भएको नेपाली सेनाले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
विज्ञप्ति

नेपाली शान्ति सैनिकहरुको मेडल परेड सम्पन्‍न

संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ UNDOF मिशन Syria मा तैनाथ श्री फोर्स हे.क्वा. सपोर्ट युनिट (शा.से.) नवौं डफ्फा, श्री मेकनाईज्ड गुल्म (शा.से.) चौथो डफ्फा, श्री ईन्जिनियर से.मु. (शा.से.) पांचौ डफ्फा, श्री Level-1 (+) Hospital (शा.से) दोश्रो डफ्फा र Close Protection Unit मा सहभागी भएका नेपाली शान्ति सैनिकहरुको मेडल परेड समारोह मिति २०७८।०५।२५ गते (तदनुसार 10 September, 2021) सम्पन्‍न भएको व्यहोरा जानकारी गराईन्छ ।

UNDOF HQ, Camp Faouar मा आयोजित उक्त अवसरमा Head of Mission तथा Force Commander रथी ईश्वर हमालले उक्त मेडल परेडको विधिवत रुपमा निरीक्षण तथा सम्बोधन गर्नुको साथै UN Medal समेत प्रदान गर्नु भएको थियो ।

साथै, UNMISS Mission, दक्षिण सुडानमा तैनाथ श्री हाई रेडिनेश कम्पनी (शा.से.) चौथो डफ्फामा सहभागी नेपाली शान्ति सैनिकहरुको मेडल परेड समारोह सोही मितिमा UNMISS Mission का फोर्स कमाण्डर Lt. Gen. Shailesh Sadashiv Tinaikar को प्रमुख आतिथ्यतामा सम्पन्‍न भएको छ ।

फोर्स कमाण्डरलाई Guard of Honor प्रदान गरि आरम्भ भएको सो कार्यक्रममा नेपाली सेना, हाई रेडिनेश कम्पनीका सकलदर्जा र UNMISS Mission मा कार्यरत नेपाली सेनाका स्टाफ अधिकृत तथा नेपाली सैनिक पर्यवेक्षकहरुलाई समेत वहाँले UN Medal प्रदान गर्नु भएको जानकारी गराईन्छ ।

दुवै समारोहहरुका प्रमुख अतिथीहरुले आ-आफ्नो सम्बोधनमा नेपाली शान्ति सैनिकहरुले विश्वका द्वन्दग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ गरेको योगदान एवं नेपाली शान्ति सैनिकहरुको व्यवसायिक क्षमताको खुलेर प्रशंसा गर्नु भएको थियो ।

सम्बन्धित खबरहरु