काठमाडौं । चर्चित लोक गायिका विष्णु माझीको अवस्थाबारे जानकारी लिन थालिएको छ । स्याङजा प्रहरीले अनुसन्धान थालेको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले माझीको माइती घरमा पुगेर सोधपुछ गरेको हो ।

चरी जेलैमा बोलको तीज गीत सार्वजनिक भएपछि पछिल्लो समय सामाजिक सञ्जालमा माझीलाई बन्धक बनाएर राखेको र न्याय दिलाउनुपर्ने भन्दै आवाज उठेको थियो ।

त्यसैकारण प्रहरील यसबारे जानकारी लिनको लागि माझीको माइतीघर पुगेको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख होविन्द बोगटीले दिएको जानकारी अनुसार माझीको माइतीघर पुग्दा कोही नभएको र ढोकामा ताल्चा लगाइएको थियो ।

जिल्ला प्रशासन कार्यालयको मौखिक आदेशबाट नै माझीको माइतीघरमा पुगेको बोगटीले बताउनुभयो । तर जिल्ला प्रशासन कार्यालयलाई यसबारे केही जानकारी नभएको सुचना अधिकारी हरिप्रसाद शर्मा बताउनु हुन्छ ।

माझीको बारे सिडियोसँग पनि कुनै छलफल नभएको उहाँले जानकारी दिनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव डा. टिकाराम पोखरेलले पनि आफुले माझीको अवस्थाबारे बुझ्न कुनै आदेश नदिएको बताउनु भएको छ । पिडित आफैँले उजुरी नदिएसम्म घटनाको अनुसन्धान गर्न नसकिने पोखरेलको भनाई रहेको छ ।

उनका पति सुन्दरमणि अधिकारीमाथि माझीलाई बन्धक बनाएको आरोप लाग्ने गरेको छ ।

माझीले बाहिरी हल्लाजस्तो आफ्नो भोगाई नरहेको आजसम्म सुन्दरमणिले नै मलाई यहाँसम्म पुर्‍याएको भन्दै उनले आफु बन्धक नभएको बताउनु भएको थियो ।

 

सम्बन्धित खबरहरु