काठमाडौं । साउदी अरबको नागरिक उड्डयन महासंघ (जीएसीए) ले सोमबार विदेशबाट आउनेहरुलाई नयाँ नियम जारी गरेको छ ।

साउदी अरबको आधिकारिक समाचार एजेन्सी साउदी प्रेस एजेन्सी (एसपीए) का अनुसार नयाँ नियम २३ सेप्टेम्बरदेखि लागू हुनेछ ।

कोरोना भाइरस (कोभिड–१९) लाई ध्यानमा राखेर त्यहाँको सरकारले विभिन्न प्रावधानहरु लागु गरेको हो ।

विश्व स्वास्थ्य संगठन वा साउदी अरबद्वारा अनुमोदित खोप लगाएको छैन भने प्रवेश गर्न नदिइने बताइएको छ । डब्ल्यूएचओद्वारा अनुमोदित भएको तर साउदी अरबले अनुमोदन नगरेको खोप लगाएका मानिसहरुका लागि नयाँ प्रावधानहरु जारी गरिएको हो ।

खोप नलगाएका मानिसहरुले साउदी जानु भन्दा पहिले ख्याल गर्नुपर्ने कुराहरुमा पीसीआर रिपोर्ट अनिवार्य नकारात्मक हुनुपर्नेछ । त्यो रिपोर्ट साउदी जानु भन्दा ७२ घण्टा भित्रको हुनुपर्दछ । साउदी आइपुग्दा पाँच दिन क्वारेन्टाइन अनिवार्य बस्नुपर्ने जनाइएको छ ।

साउदी पुगेपछि पहिलो र पाँचौं दिन पीसीआर परीक्षण अनिवार्य गर्नुपर्नेछ । परीक्षण नेगेटिभ आएपछि क्वारेन्टाइन समाप्त हुने जानकारी दिइएको छ ।

सम्बन्धित खबरहरु