काठमाडौं । सामान्यतया मानिसहरु आफ्नो क्षेत्र र वरपर को समस्या लिएर विधायक कहाँ जान्छन् र माग गर्दछन् कि उनीहरुको समस्याहरुलाई तत्काल समाधान गरियोस् ।

तर भारतमा एक युवक अनौठो समस्या लिएर विधायक कहाँ जाँदा सबै चकित परेका छन् । एक युवकले विधायकसँग एक प्रेमिका माग गर्दै पत्र लेखेका हुन् । घटना भारत, महाराष्ट्रको चन्द्रपुरको हो ।

त्यहाँको विधानसभा क्षेत्रका एक युवकले विधायक सुभाष धोटेलाई लेखेको पत्र अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

यो पत्र कांग्रेस विधायक सुभाष धोटेको नाममा लेखिएको हो । यो लेख्ने युवकको नाम भूषण जमुवन्त हो । यो पत्र प्रेमिका चाहिएको भन्दै मराठीमा लेखिएको छ । पत्रमा यो युवकको तर्फबाट लेखिएको छ, पूरै तहसील (गाउँ) मा धेरै केटीहरु छन् तर अझै मेरो कुनै प्रेमिका छैन ।

यो चिन्ताको बिषय हो, मेरो आत्मविश्वास कमजोर भएको छ, म राजुराबाट ग्रामीण क्षेत्रको गडचान्दुरसम्म यात्रा गर्छु, अझै पनी एकजना केटी मेरो साथमा छैन ।’

पत्रमा थप्दै उनले लेखेका छन, ‘रक्सी बिक्रेताहरु र नराम्रो अनुहार भएका मानिसहरुसँग पनि प्रेमिका भएको कुराले मेरो मुटु जलिरहेको छ । म तपाईंलाई अनुरोध गर्दछु कि तपाईंको विधानसभा क्षेत्रका केटीहरुलाई प्रोत्साहित गर्नुपर्छ ताकि उनीहरु हामी जस्तै केटाहरु लाई पनि सम्मान दिन सकुन् ।’

यस पत्रका बारेमा प्रतिकृया जनाउदै विधायक सुभाष धोटेले त्यस्तो कुनै पत्र प्राप्त नभएको स्पष्ट पारेका छन् । तर उनले सो पत्र आफ्नो व्हाट्सएप मा देखेका छन् । उनले भने, ‘अब यो भूषण जमुवन्त को हुन् ?,

कहाँ बस्छन् ? त्यो कुरा थाहा छैन । उनले भने, ‘कार्यकर्ताहरु ति युवकको खोजीमा जुटेका छन् । उनलाई भेटेपछि सहयोग गर्न प्रयास गर्नेछौं ।’ उनले यदि ति युवक भेटिए समस्या समाधान गर्नका लागि सक्दो प्रयास गर्ने जानकारी दिएका छन् ।

 

सम्बन्धित खबरहरु