काठमाडौं । नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले वर्तमान सरकारप्रति कटाक्ष गर्नुभएको छ । उहाँले दुई महिनासम्म मन्त्री बनाउन नसक्नेले देश बनाउँछ बनेर विश्वास गर्न नसकिने बताउनुभएको हो ।

आफैले जारी गरेको अध्यादेशले आफ्नै पार्टी टुक्रिन्छ कि भनेर दुई महिनासम्म मन्त्री बनाउन नसक्नेले देश बनाउँछु भन्दैमा पत्याउन नसकिने उहाँले स्पष्ट पार्नुभयो । सामाजिक सञ्जालमा स्टाटस लेख्दै पोखरेलले देश बनाउँछु भनेर पत्याउनेलाई केही भन्न नसक्ने बताउनुभयो ।

उहाँले लेख्नुभएको छ, ‘आफैले जारी गरेको अध्यादेशले आफ्नै पार्टी टुक्रिन्छ कि भनेर दुई महिनासम्म मन्त्रि बनाउन नसक्नेले देश वनाउछ भनेर विश्वास गर्ने र त्यसलाई पत्याएर पछि लाग्नेहरुलाई के भन्ने र खै ?’

सम्बन्धित खबरहरु