काठमाडौं । प्रेमिकाको अपाच्य तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक गरी चरित्रमाथि दाग लगाउने काम गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

दोलखा बैतेश्वरका २३ वर्षीय सुजन जिरेल पक्राउ परेका हुन् । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार, प्रेमसम्बन्ध सुरुवातका क्रममा प्रेमी–प्रेमिकाबीच भएका अन्तरङ्ग तथा गोप्य तस्बिर र भिडियो अभियुक्त जिरेलले सार्वजनिक गरेका हुन् ।

दुई जनाबीच मनमुटाव बढेपछि अभियुक्त जिरेलले प्रेमिकाको मोबाइल नै खोसेर फेसबुक र इन्स्टाग्रामबाट उक्त तस्बिर तथा भिडियो सार्वजनिक गरेको जानकारी महाशाखा प्रवक्ता कृष्णप्रसाद कोइरालाले दिनुभयो ।

अभियुक्तलाई काभ्रे पाँचखालबाट पक्राउ गरी साइबर अपराधअन्तर्गत थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको महाशाखाले जनाएको छ ।

सम्बन्धित खबरहरु