काठमाडौं । संसद बैठक असोज ४ गतेसम्म स्थगित भएको छ । बजेट पारित नहुँदै प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो ।

मंगलबारको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । तर संशोधनसहित बजेट पारित नगरी बैठक स्थगित भएको हो ।

मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसदको नाराबाजीकै बीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । उक्त प्रस्ताव बहुमतले पारित गरेपछि बैठक स्थगित गरिएको हो ।

प्रतिनिधिसभाको अर्को बैठक असोज ४ गते सोमबार बिहान ११ बजे बस्ने पनि सभामुख सापकोटाले बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर विरोध जनाएको थियो ।

सम्बन्धित खबरहरु