काठमाडौं । अभियान्ता पुण्य गौतमले प्रहरी हिरासतभित्र अनशन थालेका छन् । आफूलाई सामाजिक अभियन्ता बताउँदै आएका उनले प्रहरी हिरासतमा अनशन शुरु गरेका हुन् ।

एमसीसीको विरोध गर्दा भदौ २७ मा पक्राउ परेका गौतमलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ । गौतमले त्यहीँ अनशन शुरु गरेको एक प्रहरीले जानकारी दिएका छन् ।

गौतम आफुलाई ‘अभियन्ता’ भन्दै युट्युवमा अन्तवार्ता दिँदै हिँड्ने गरेका छन् । गौतमलाई प्रहरीले अमेरिकी परियोजना एमसिसिको बिरोध गरेको आरोपमा बानेश्वरबाट पक्राउ गरेको थियो ।

प्रहरीले उनलाई सार्वजनिक हित विरुद्ध कसुर गरेको अभियोगमा हिरासतमा राखेको हो । गौतमले हिरासतमा अनसन बसेको तथ्य भने प्रहरीले सार्वजनिक गर्न मानेको छैन ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले अनशन बसेको थाहा नभएको दावी गर्नुभयो । गौतम प्रायः सबै विषयहरुमा बोल्दै हिड्ने गरेका छन् ।

सम्बन्धित खबरहरु