काठमाडौं । । जापानमा ६.२ म्याग्निच्युडको भूकम्प गएको छ । मङ्गलबार बिहान जापानको इबाराकी प्रान्तमा भूकम्प गएको जापानको मौसम विभागले जनाएको छ । विभागका अनुसार बिहान करिब पौने आठ बजे भूकम्प गएको बताइएको छ । तीन पटक भूकम्पको पराकम्पन्न गएको जनाइएको छ । समाचार संस्था एएनआईका अनुसार भूकम्प गए पनि सुनामीको चेतावनी जारी गरिएको छैन ।

भुईंचालो कतिखेर कहाँ कत्रो जान्छ भनेर अनुमान गर्न सकिंदैन तर पनि वैज्ञानिकहरूका अनुसार चराचुरुङ्गी एकाएक कराउनु, गाइवस्तु आत्तिनु, कुकुर भुक्नु जस्ता अस्वाभाविक अवस्था देखिएमा भुईंचालो जानसक्ने सङ्केत हुन सक्छ। यस अवस्थामा सर्तक रहनु पर्ने हुन्छ।

असुरक्षित घर जोखिमयुक्त हुने भएकोले प्राविधिकको सल्लाहमा सुरक्षित घर बनाउने, पुरानो घर मर्मत सम्भार तथा भवन निर्माण संहिताको पालना गर्ने, दराज, र्‍याक आदिलाई राम्ररी बाधेर वा काटी लगाएर नहल्लिने बनाउने, प्रज्ज्वलनशील पदार्थ सुरक्षित ठाउमा राख्ने, भुचालो आइहाले ढोकाको चौकोस, खाट, टेबुल आदि वस्तुको मुनी बस्ने, ग्यास चुलो, बिजुली आदि तत्काल नभएमा भुईंचालोबाट हुने जोखिमलाई न्यूनिकरण गर्न सकिन्छ |भुईंचालोको भविष्यवाणी गर्न सकिँदैन। भुईंचालोबाट बच्ने उपाय भनेको भुईंचालो पूर्व गर्नुपर्ने तयारी नै हो।

सम्बन्धित खबरहरु