काठमाडौं । नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टलाई नेकपा एकीकृत समाजवादी रोज्न पाउने भएका छन् ।

यस्तै, सत्ता साझेदारी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काबीचको मंगलबारभेट सम्पन्न भएको छ ।

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको अध्यक्ष प्रचण्ड र महामन्त्री खड्का बीचको भेटमा मन्त्रीपरिषद् विस्तार, संसदमा जारी गतिरोध लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको स्राेतले बताएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र महामन्त्री खड्काबीचको यो नियमित भेट हो ।

सरकार गठन भएको दुई महिना बित्न लाग्दा पनि मन्त्रीपरिषद् विस्तार लगायत सरकारका गतिविधिले पूर्णता पाउन सकेको छैन । सरकारका गतिविधि सुचारु गर्ने लगायत सबै विषयमा अध्यक्ष प्रचण्ड र खड्काबीचमा छलफल भएको हो । उहाँहरुबीचमा झण्डै एक घण्टा छलफल भएको छ ।

सम्बन्धित खबरहरु