काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई बेमान र छट्टु नेताको संज्ञा दिनुभएको छ ।

मंगलबार झापामा एमाले अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा कार्यकर्ता अल्मलाउने जादु भने भएको उहाँको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘प्रचण्ड एउटा असल बाबु हुन्, असल काका, असल ससुरा हुन तर उनी धोकेबाज नेता हुन ।’

उहाँले अगाडि भन्नुभयो, ‘उहाँ राम्रो सम्धी हो, राम्रो सुसरो हो, राम्रो ज्वाई, राम्रो बा, राम्रो काका हो तर बेइमान नेता हो ।’

ओलीले प्रचण्डले कार्यकर्तालाई सिध्याएर त्यहीँ रगतको आहालमा मस्ती गरेको उल्लेख गर्नुभयो । उहाँ सबै हिसाबले राम्रो भएपनि छट्टु नेता भएको बताउनुभयो ।

कार्यकर्तालाई छक्काएर सिध्याएर उनीहरुको रगतमाथि आफ्नो राजनीतिक दुनो सोझाउँने काम गरेको आरोप लगाउनुभयो ।

अर्कोतर्फ ओलीले माधव नेपाल र प्रचण्डले एकिकृत भएको पार्टीलाई विभाजन गर्न खोजे पनि पार्टी अझै पनि एक रहेको बताउनुभयो ।

उहाँले चुनाव रोक्नका लागि बनाएको सरकारले केही गर्न नसकेको बताउनुभयो । अबको १४ महिनापछि आउने निर्वाचनमा देखाइदिने उहाँले बताउनुभयो ।

उहाँले देशको अमुल्य समय त्यतिकै खेर गएको बताउनुभयो । सरकार बनेको दुई महिनामा केही राम्रो काम नभएको बताउनुहुँदै ओलीले यो अवधीमा सबै नराम्रो मात्र भएको बताउनुभयो ।

सम्बन्धित खबरहरु