काठमाडौं । कोरोना सङ्क्रमितको सम्पर्कमा आउनु भएका राष्ट्रपति आइसोलेशनमा जानु भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘सेल्फ आइसोलेशन’ मा बस्ने हुनुभएको हो ।

रुसी राष्ट्रपति पुटिनले ‘सेल्फ आइसोलेशन’मा बस्ने हुनुभएको छ । रुसी सञ्चारमाध्यम स्पुतनिकले कोभिड १९ को सङ्क्रमितको सम्पर्कमा आएपछि राष्ट्रपति भ्लादिमिर पुटिनले अलग्गिने निर्णयमा पुग्नुभएको उल्लेख गरेको छ ।

क्रेमलिनले एक वक्तब्य जारी गरी राष्ट्रपति पुटिनले ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोनसँग टेलिफोनमा कुराकानी गरेको जनाएको छ ।

आफू कोरोना सङ्क्रमितको सम्पर्कमा आएकोले अलग्गिने निर्णयमा पुगेको राष्ट्रपति पुटिनले बताउनुभएको छ ।

राष्ट्रपति पुटिनले गत् अप्रिल महिनामा कोभिड १९ विरुद्धको घरेलु खोप स्पुतनिक भी लगाउनुभएको थियो ।

मङ्गलबार नै राष्ट्रपति पुटिनले सिरियाका राष्ट्रपति बसर अल–अशदसँग कुराकानी गर्दै राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिनुभएको थियो ।

सम्बन्धित खबरहरु