काठमाडौं । निजामती सेवाका ८५ जना सहसचिवको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयले ८५ जना सहसचिवहरुको सरुवा गरेको छ । प्रधानमन्त्री एबं मन्त्रिस्तरीय निर्णयबाट सो सरुवा गरिएको हो ।

यो पनि, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही कर्मचारीको हेरफेर गरेको छ ।

मंगलबार स्वास्थ्य राज्यमन्त्री स्तरीय निर्णय गर्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा. राधिका थपलियालाई स्वास्थ्य सेवा विभागमा तानेर केन्द्रमा पुनः सुनिलकुमार शर्मालाई पठाउनु भएको छ ।

विश्व महामारी कोभिड–१९ मा जिम्मेवारी पुरा गर्न नसकेको भन्दै तत्कालीन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले उनलाई विभागमा तान्नु भएको थियो ।

लामो समय केन्द्रमा रहँदा करोडौँ रकम सेटिङमा एजेन्सीलाई बाँडेको आरोप लाग्दै आएका शर्मा ठुलै लाइन मिलाएर पुनः केन्द्रमा गएको चर्चा विभागमा छ ।

राज्यमन्त्री श्रेष्ठले राष्ट्रिय ट्रमा सेन्टरको निमित्त निर्देशकको जिम्मेवारी डा. प्रमोद जोशीलाई दिनु भएको छ । उहाँलाई केही दिनअघि मात्रै कान्तिबाट ट्रमामा सारिएको थियो ।

पछिल्लो समय स्वास्थ्य क्षेत्रमा अनकन विकृतिहरू देखिँदै आउनु भएको छ । कुशल व्यवस्थापनकै कारण कर्मचारी समायोजनको भद्रगोल होस् या जनताका लागि औषधि तथा उपकरण खरिदमा होस् जहिल्यै प्रश्न उठ्ने गरेको छ ।

सम्बन्धित खबरहरु