काठमाडौं । तीन किलो बढी सुनका गरगहनासहित त्रिभुवन विमानस्थलबाट दुई जना पक्राउ परेका छन् ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई सुनसहित पक्राउ परेका हुन् ।

सोमबार काठमाडौँबाट श्री एयरलाइन्समा विराटनगर जान लागेका दुई जनाको ब्याग चेक गर्दा तीन किलो तीन सय ६० ग्राम सुनका गरगहनासहित पक्राउ गरेको हो ।

आन्तरिक उडानबाट विराटनगर जान लागेका कैलालीका ३० वर्षीय बोधराज भण्डारी र धनुषाका ४७ वर्षीय मुरारीराज अधिकारीबाट सुन बरामद भएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जानकारी दिएको छ ।

उनीहरूको ब्याग एक्सरे मेसिनमा देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

विमानस्थलका अनुसार दुई करोड २४ लाख ९२ हजार ३९७ रुपैयाँ बराबरका गरगहना छन् ।

थप अनुसन्धानको लागि उनीहरूलाई प्रहरीले राजश्व अनुसन्धान विभाग, हरिहर भवन, पुल्चोकमा पठाएको छ ।

सम्बन्धित खबरहरु