काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले देश र जनताभन्दा पदलाई महत्व दिनेहरुले पार्टी फुटाएको आरोप लगाउनु भएको छ ।

१० बुँदे कार्यान्वयन भइसकेको अवस्थामा पार्टी फुटाउनुको कुनै अर्थ नभएको पनि उहाँको भनाई रहेको छ । उपाध्यक्ष रावलले देश र जनताभन्दा पदलाई महत्व दिनेहरुले पार्टी फुटाएको आरोप लगाउनुभयो ।

पार्टी विभाजनपछि पहिलो पटक धनगढी पुगनु भएका नेता रावलले धनगढीस्थित कैलालीको पार्टी कार्यालयमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । उहाँले सबैलाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गर्नुभएको छ ।

रावलले पार्टीको केन्द्रीय उपाध्यक्ष, सुदूरपश्चिमको समन्वय कमिटीको संयोजकको हैसियतले एमालेबाट उछिट्टिएर भ्रममा परेर जानुभएका व्यक्तिहरु र हाल एमालेमै रहेकाहरुलाई आह्वान गर्न अनुरोध गर्नुभएको छ । विगतको कुरा बिर्सिदिन पनि अपील गर्नुभयो ।

सबै एकताबद्ध भएर अगाडिको गन्तव्य हेर्न भन्दै उहाँले भन्नुभयो, ‘स्थानीय चुनाव र आम चुनाव हेरौं । स्वदेशी, विदेशी षड्यन्त्रलाई चकनाचुर पार्न एमालेमा फर्किन सकिन्छ ।’

रावलले कसैले कसैलाई इञ्चार्जबाट हटाएको कुरामा सत्यता नभएको दाबी गर्दै अहिले आफू एमालेको उपाध्यक्ष र सुदूरपश्चिम संयोजकको हैसियतमा काम गरिरहेको उल्लेख गर्नुभयो ।

सम्बन्धित खबरहरु