काठमाडौं । ओमानले नेपाललाई पाँच विकेटले हराएको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तगर्तको आफ्नो पहिलो खेलमा ओमानले नेपाललाई पाँच विकेटले हराएको छ ।

नेपालले आफ्नो पहिलो खेलमा सोमबार अमेरिकालाई पाँच विकेटले हराएको थियो । दोस्रो खेलमा भने ओमान विरुद्ध उक्त प्रदर्शनलाई निरन्तरता दिन सकेन ।

ओमानले खेल सकिन १८ ओभर पाँच बल बाँकी छदै मात्र पाँच विकेटको क्षतिमा नेपालले प्रस्तुत गरेको १९७ रनको लक्ष्य प्राप्त गर्यो ।

मोहम्मद नदीमले बिक्रम सोबको ओभरको पहिलो बलमै छक्का लगाउँदा ओमानले ३१.१ ओभरमा पाँच विकेटको क्षतिमा २०० रन बनाएर लक्ष्य पुरा गर्यो । मोहम्मद नदीमले ३८ रन बनाएर अविजित रहनुभयो ।

ओमानका लागि ओपनर जतिन्दर सिंहले पारी खेल्दै शतक लगाएपछि नेपालले प्रस्तुत गरेको लक्ष्य उसले सहजै प्राप्त गर्यो ।

जतिन्दरले मात्र ५८ बलमा आफ्नो शतक पुरा गर्नुभयो । शतक पुरा गर्न उहाँले १० चौका र छ छक्का लगाउनुभयो ।

ओमानलाई जितका लागि ३५ रन आवश्यक छदा जतिन्दर सिंह कुशल मल्लको बलमा रोहित पौडेललाई क्याच थमाउँदै १०७ रन बनाएर पेभेलियन फर्किनुभयो ।

सम्बन्धित खबरहरु