काठमाडौं । उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट एउटा अज्ञात प्रक्षेपण गरेको दक्षिण कोरियाले जानकारी दिएको छ ।

दक्षिण कोरियाको संयुक्त चीफ अफ स्टाफले बुधवार लामो दूरीको क्रूज मिसाइल परीक्षण गरेको केही दिनपछि यस्तो आरोप लगाएको हो ।

जापानको कोस्ट गार्डले पनि एउटा ब्यालेस्टिक मिसाइल उत्तर कोरिया बाट हानिएको छ । तर दक्षिण कोरियाली सेना र जापानी कोस्ट गार्डले कुनै विवरण दिएका छैनन् ।

उत्तर कोरियाले गत साताको अन्त्यमा नयाँ लामो दूरीको नयाँ क्रूज मिसाइलको सफलतापूर्वक परीक्षण गरेको थियो । त्यसपछि यो प्रक्षेपण गरिएको हो, जसलाई ‘ठूलो महत्वको रणनीतिक हतियार’ भनिएको छ ।

विश्लेषकहरुका अनुसार मिसाइल परमाणु क्षमता भएको देशको पहिलो यस्तो हतियार हुन सक्छ ।

प्योङ्गले अमेरिकाको प्रतिबन्ध हटाउने बदलामा आफ्नो परमाणु र ब्यालिस्टिक मिसाइल कार्यक्रमलाई ध्वस्त पार्ने उद्देश्यले वार्तामा अवरोधको बीचमा लगातार आफ्नो हतियार कार्यक्रम विकास गर्दै आएको छ ।

https://twitter.com/AFP/status/1437989183679651843

सम्बन्धित खबरहरु