काठमाडौ । नेपाली सेनाले ठूलो परिणाममा गाँजा सहित तस्कर पक्राउ गरेको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको सिद्धिबक्स गणबाट निकुञ्‍ज प्रशासनका कर्मचारीसहित परिचालन भएको एल.आर.पि. टोलीद्वारा विशेष सूचनाको आधारमा निकुञ्‍ज कोर ईलाका, भैँसे खोलामा अवैध रुपमा गाँजा लैजादै गरेको अवस्थामा हेटौडा उपमहानगरपालिका वडँ नं.३ हाँडीखोला बस्ने बर्ष २८ का बुद्ध बहादुर व्लोन लामालाई पक्राउ गरि पर्सा राष्ट्रिय निकुञ्‍ज प्रशासनलाई बुझाएको नेपाली सेनाले जनाएको छ ।

उनीसँग गाँजा १०३.९२ के.जी., मोबाईल सेट २, झोला गोटा २ वटा पक्राउ गरेको सेनाले जनाएको छ ।

किङ्गफिसर पहिलो, दोश्रो र तेश्रो तालहरु हस्तान्तरण
१. तालतलैया तथा सिमसार क्षेत्रको सरसफाई, सम्बर्द्धन, संरक्षण र पुन:निर्माण गरी जलीय प्राणीहरुको अस्तित्व जोगाई पर्यावरणीय सन्तुलन कायम राख्ने उद्देश्य अनुरुप नेपाली सेनाद्वारा चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं.६ स्थित किङ्गफिसर पहिलो, दोश्रो र तेश्रो तालहरुको संरक्षण, सम्बर्द्धन र पुन:निर्माण सम्पन्‍न गरि मिति २०७८/०५/२८ गते नवज्योती मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह र दक्षिणकाली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्तरण गरिएको व्यहोरा जानकारी गराइन्छ ।

सम्बन्धित खबरहरु