काठमाडौ । नेपाली सेनाले तालतलैया तथा सिमसार क्षेत्रको सरसफाई, सम्बर्द्धन, संरक्षण र पुनःनिर्माण गरी जलीय प्राणीहरुको अस्तित्व जोगाई पर्यावरणीय सन्तुलन कायम राख्ने उद्देश्य अनुरुप नेपाली सेनाद्वारा चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नंं ६ स्थित किङ्गफिसर पहिलो, दोश्रो र तेश्रो तालहरुको संरक्षण, सम्बर्द्धन र पुनस्निर्माण सम्पन्‍न गरेको छ ।

काम सकेर सेनाले नवज्योती मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह र दक्षिणकाली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्तरण गरेको छ ।

नेपाली सेनाको संलग्नतामा सम्पन्न भएको संरक्षण, सम्वर्द्धन तथा पुनस्निर्माण कार्यको दिगो संरक्षणको लागि सरोकारवाला उपभोक्ता समुहलाई नै थप जिम्मेवारी बनाउने हेतुले सम्पन्न भएको उक्त तालहरुको हस्तान्तरण कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालको प्रमुख आतिथ्यता सम्पन्‍न भएको उक्त हस्तान्तरण कार्यक्रममा राष्ट्रपति चुरे तराई–मधेश विकास संरक्षण समितिका अध्यक्ष, वन तथा पर्यावरण सुरक्षा निर्देशनालयका निर्देशक, राष्ट्रपति चुरे तराई–मधेश विकास संरक्षण समितिका सदस्य सचिव, चितवन राष्ट्रिय निकुञ्जका चिफ(वार्डेन, श्री काली प्रसाद गण (ई) का गणपति, श्री नं.२ वन तथा पर्यावरण सुरक्षा गणका गणपति, नवज्योति मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष, दक्षिणकाली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष र अन्य विभिन्न सामुदायिक वनका पदाधिकारीहरु तथा स्थानिय बासिन्दाहरुको उपस्थिती रहेको थियो ।

तालतलैया संरक्षण, सम्बर्द्धन र पुनःनिर्माण कार्य अन्तर्गत किङ्गफिसर ताल आ.ब.०७७–७८ भित्र परेको एक मात्र परियोजना हो । नेपालका ५,३५८ तालहरु मध्ये एक किङ्गफिसर ताल पूर्व पश्चिम राजमार्गमा हाकिमचोक देखि ७ कि.मि. दक्षिणमा रहेको मानव निर्मित पर्यटकीय हिसावले महत्व बोकेको तालको रुपमा मानिन्छ ।

निर्माणको क्रममा तालमा पानीको स्थायीत्वको लागि तालको बिच बिचमा ड्याम बांधिएको थियो र सोहि ड्यामले छुटाए अनुसार किङ्गफिसर पहिलो, दोश्रो र तेश्रो भनि तालको नामाकरण गरिएको थियो ।

सम्बन्धित खबरहरु