काठमाडौ । अहिले एकपछि अर्को गर्दै बिभिन्न कम्पनीहरुले सेयर निष्कासन गरिरहेका छन् ।

खोलेकै दिन मालामाल हुने लघुबित्तका आईपीओले धेरै लाभान्वित बनेका छन् ।

कतिपय प्राईभेट कम्पनीहरु आईपीओ जारी गर्नको लागि पब्लिक कम्पनी समेत बनिरहेका छन् ।

यसैगरी आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ । कम्पनीले सेयर जारी गर्ने समय खुलाएको छैन ।

दाङमा रजिष्ट्रार कार्यालय भएको कम्पनीले एक लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले सेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा सन्राइज क्यिापटल लिमिटेडलाई नियुक्त गरेको छ ।

बिक्री प्रबन्धक सम्बन्धि सम्झौतापत्रमा संस्थाका प्रमुख कार्यकारी अधिकृत सौगतबीर चौधरी र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

अब क्यापिटलले कम्पनीको सेयर निष्काशन प्रकृया सुरु गर्ने छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि सेयर निष्काशन हुने छ । दाङको घोराहीमा रजिस्टर्ड कार्यालय रहेको आत्मनिर्भर लघुवित्तले छिट्टै आईपीओ जारी गरिने संस्थाका अधिकारीले बताउनुभयो ।

यसैगरी नेस्डो समृद्ध लघुबित्तले पनि धितोपत्र बोर्डमा ८ लाख २८ हजार ७५० कित्ता आइपियो निष्कासन गर्न अनुमती माग गर्दै निवेदन दिएको छ । यो राम्रो अवस्था भएको लघुवित्त हो ।

त्यस्तै जाल्पा सामुदायिक लघुवित्तले पनि ५ लाख २२ हजार कित्ता, साधारण सेयर निस्कासनको माग गर्दै धितोपत्र बोर्डमा पुगेको त्यहाँका अधिकारीले जनबोलीलाई जानकारी दिनुभयो । जाल्पा सामुदायिक लघुबित्त थोरै लगानीबाट धेरै पुग्न सक्ने क्षमता भएको कम्पनी हो ।

यस्तै राष्ट्र उत्थान लघुवित्तले पनि ८ लाख ५० हजार कित्ता सेयर निस्कासन गर्न अनुमती माग गरेको छ । राष्ट्र उत्थान लघुवित्तले पनि आईपीओ निष्काशनको अनुमति पाएमा सेयर मार्केटमा रानै कारोबार गर्नेछ ।

उपकार लघुवित्तले समेत २ लाख ६६ हजार २५० कित्ता आइपीओ जारी गर्न बोर्डमा अनुमती मागेको छ । यसले पनि सेयर बजारमा राम्रो प्रभाव जमाउने देखिएको छ ।

यी पाँच लघुवित्तले कुल २४ लाख ६७ हजार कित्ता आइपीओ जारी गर्ने भएका हुन् । बोर्डमा आइपियो निस्कासन तथा बिक्रिको लागि निवेदन दिएर बसेका यी पाँच कम्पनिले बोर्डको स्वीकृतिपछि यी लघुवित्तले सर्वसाधरणमा सेयर जारी गर्नेछन् ।

सम्बन्धित खबरहरु