काठमाडौ । प्रतिष्ठित बैक र फाइनान्सले संस्थापक शेयर बिक्रीमा राख्ने भएको छ ।

एनआईबिएल एस क्यापिटल लिमिटेडको स्वामित्वमा रहेको मञ्जुश्री फाइनान्स र ज्योति विकास बैंकको संस्थापक शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ।

क्यापिटलले मञ्जुश्री फाइनान्सको ९५ हजार १६६ कित्ता र ज्योति विकास बैंकको १ लाख ८१ हजार ४७० कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्न लागेको हो।

सो शेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले भदौ ३१ गतेदेखि कात्तिक ३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

मञ्जुश्री फाइनान्सको शेयरको न्यूनतम मूल्य २७५ रुपैयाँ तोकिएको छ भने ज्योति विकास बैंकको न्यूनतम मूल्य १८५ रुपैयाँ तोकिएको छ।

लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ। अंकित मुल्य भन्दा कममा आवेदन परेको खण्डमा सो आवेदन स्वतः रद्द हुने र बोलकबोल प्रकियामा समावेश नगराइने क्यापिटल ले जनाएको छ ।

सम्बन्धित खबरहरु