काठमाडौं । केटी वा केटा चाहियो भने पत्रिकामा नै विज्ञापन आउने गरेको त धेरैलाई थाहा नै होला ।

आजको कान्तिपुर दैनिकमा विवाहसम्बन्धी विभिन्न सूचनाहरु प्रकाशित भएका छन् । बुधबारको कान्तिपुर दैनिकमा विवाह सम्बन्धी दुई वटा सूचनाहरु प्रकाशित गरिएको हो ।

पहिलो सूचनामा काठमाडौं निवासी एक महिलाका लागि योग्य बर चाहिएको बताइएको छ । काठमाडौं निवासी ३६ वर्षीय क्षेत्री कन्यालाई असल बर चाहिएको सूचनामा उल्लेख गरिएको छ ।

यी महिलासँग विवाह गर्न इच्छुक व्यक्तिहरुले आफैंले पनि सम्पर्क गर्न सक्नेछन् । सम्पर्कका लागि ९८१३६३७२३७ नम्बर रहेको छ ।

अर्को सूचनामा डिपेन्डेण्ट भिषामा विदेश जान चाहनेहरुका लागि सूचना जारी गरिएको हो । युरोप जान चाहने युवायुवतीले ९८६९३४०४७२ सम्पर्क गर्न सक्नेछन् ।

सम्बन्धित खबरहरु