काठमाडौं । तालिबानको अन्तरिम सरकारमा विभाजनको शिकार भएको खुलेको छ । तालिबानका एक वरिष्ठ अधिकारीले बीबीसीलाई बताए अनुसार तालिबानमा दुई गुट देखा परेको हो ।

ति नेताका अनुसार तालिबान सह–संस्थापक मुल्ला घनी बरादार र राष्ट्रपति भवनमा एक मन्त्रिपरिषद्का सदस्यको समूह बीच विवाद चर्केको हो ।

मुल्ला बरादर हालैका दिनहरुमा सार्वजनिक रुपमा देखिएका छैनन् । त्यस बेलादेखि तालिबान नेतृत्वको बारेमा असहमति भइरहेको कुरा बाहिर आएका थिए ।

तर, तालिबानले आधिकारीक रुपमा सबै कुरालाई मिथ्या भन्दै अस्वीकार गरिरहेको छ । तालिबान गत महिना अफगानिस्तानको सत्तामा पुनः फर्केको थियो ।

अफगानिस्तानलाई इस्लामिक गणतन्त्रबाट इस्लामिक अमिरात बनाउने घोषणा गरेको थियो । तालिबानले ७ सेप्टेम्बरमा नयाँ मन्त्रिपरिषद्को घोषणा गरेको थियो । मन्त्रिपरिषद्मा सबै पुरुष मात्रै रहेका छन् ।

विगत दुई दशकदेखि अमेरिकी सेनाका लागि कुख्यात मानिएका नेताहरुलाई प्रमुख जिम्मेवारी दिइएको छ ।

 

सम्बन्धित खबरहरु