काठमाडौं । आजदेखि सुरु भएको कक्षा १२ को परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

पर्साको पर्सागढी नगरपालिकामा कक्षा १२ को परीक्षामा सहभागी एक नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।

आज पहिले दिन भएको कक्षा १२ को अंग्रेजी विषयको परीक्षा दिन आएका एक जना पक्राउ परेका हुन् ।

त्यहाँको पर्सागढी नगरपालिका–८ का २० वर्षीय राजचन्द्र दास पक्राउ परेको जानकारी दिइएको छ ।

उनले सन्दीप दासको सट्टामा परीक्षा दिएको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले यस्को पुष्टि गर्नुभयो ।

प्रहरी चौकी बढनियारको टोलीले परीक्षा हलमा प्रवेश गरेर चेक गर्दा सन्दीपको प्रवेश पत्र लिएर राजकुमारले परीक्षा दिइरहेको पाइएको प्रहरीको भनाइ रहेको छ ।

प्रवेश पत्रमा सन्दीपको तस्विर उप्काएर राजचन्द्रको फोटो टाँसिएको थियो ।

सम्बन्धित खबरहरु