काठमाडौ । सरकारले गृह प्रशासन गिजोल्न खोजेको छ । गृह मन्त्रालयका १६ जना प्रमुख जिल्ला अधिकारीको एकै पटक काज सरुवा गरेर गृह प्रशासन खल्बलाउन खोजेको हो ।

आफूले खोजेको मान्छे भनेको ठाउँमा पुर्याउन सरुवा गरेको गुनासो यो सरुवासँगै देखिएको छ ।

बुधबार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गर्नुभएको हो ।

जोपनि मन्त्रालयमा पुग्नासाथ पहिले सीडीओहरु र त्यसपछि प्रहरी प्रमुखहरु चलाउने परिपाटी नै बसेको छ । यसले गृह प्रशासनमा हलचल नै ल्याउँछ ।

आफू अनुसार सेटिङ्ग मिलाउन गृहमन्त्रीहरुले यसो गर्ने गरेको अपराध विषयका जानकारहरु बताउँछन् ।

यसअघि तत्कालिन गृहमन्त्री रामबहादुर थापाले ८२ बुँदे ‘गृह प्रशासन सुधार कार्ययोजना २०७४’ सार्वजनिक गर्नुभएको थियो ।

‘राष्ट्रिय एकता र जनसेवाका लागि गृह प्रशासन, विकास र समृृद्धिका लागि शान्ति सुरक्षा र सुशासन’ भन्ने मुख्य नारा रहेको कार्ययोजनामा गृह मन्त्रालय र सोअन्तर्गतका निकायको समयसीमा तोकेर गर्ने सुधारका कामको खाका प्रस्तुत गरिएको थियो ।

कार्ययोजनामा नीतिगत र कानूनी तथा संगठनात्मक सुधार, जनशक्ति व्यवस्थापन, सुरक्षा व्यवस्थाको प्रभावकारिता, सूचना प्रविधिमा आधारित गृह प्रशासन, अध्यागमन र सीमा प्रशासनको सुदृढीकरण, विपद् जोखिम न्यूनीकरणमा क्षमता अभिवृद्धि, सेवा प्रवाह तथा सुशासन, अनुशासन र सदाचारिता प्रवर्द्धनलाई लक्ष्य गरिएको छ । अब त्यो खल्बलिएको छ ।

हेर्नुहोस् सूची

सम्बन्धित खबरहरु