काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा तालिका सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयले यस्तो सूचना जारी गरेको हो ।

त्रिविले मास्टर अफ हस्पिटालिटी म्यानेजमेण्ट (एमएचएम) दोस्रो सत्रको नियमित परीक्षा कार्यक्रम–२०२१ को परीक्षा तालिका सम्बन्धि सूचना प्रकाशित गरिएको हो ।

त्रिविले परीक्षा बिहान १२ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने जानकारी दिएको छ ।

परीक्षा केन्द्रको सम्बन्धमा त्रिविले पछि जानकारी गराइने उल्लेख गरेको छ । असोज ९ गतेदेखि परीक्षा सञ्चालन गर्न लागेको त्रिविले जानकारी दिएको छ ।

साथै त्रिविले परीक्षा तोकिएको मितिमा कुनै आकस्मिक बिदा पर्न गएमा यस कार्यालयको पूर्वसूचना बेगर परीक्षा स्थगन नहुने स्पष्ट पारेको छ ।

परीक्षाका लागि चाहिने लगबुक, ग्राफ पेपर, चार्ट आदी सामग्री परीक्षार्थीहरु आफैंले ल्याएर केन्द्राध्यक्ष को पूर्वस्वीकृति लिएर प्रयमेग गर्नुपर्छ ।

प्रवेशपत्र नभएका परीक्षार्थीलाई परीक्षामा सहभागी नगराइने पनि बताइएको छ ।

सम्बन्धित खबरहरु