सुर्खेत । दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको शब्दमा व्यक्त नै गर्न नसक्ने तरिकाले ज्यान लिइएको घटनामा संलग्न भन्दै प्रहरीले एक महिलालाई सार्वजनिक गरेको छ ।

दैलेखका प्रहरी प्रमुख डीएसपी अनुपम श्रेष्ठका अनुसार शिक्षक बिसीको ज्यान लिइएको घटनामा सम्लग्न छिमेकी २५ वर्षीया मुना रानाले गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

‘मुनाले नै शिक्षक बिसीको शब्दमा व्यक्त नै गर्न नसक्ने तरिकाले ज्यान लिएको स्वीकार गरेकी छिन्,’ डीएसपी श्रेष्ठले भने ।

गुराँस गाउँपालिका–८, छोटेपोखरीकी रानाले व्यक्तिगत रिसइबीका कारण शिक्षक बिसीको ज्यान लिइएको बयान दिएको प्रहरीले जनाएको छ ।

उनलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि थुनामा राख्न प्रहरीले जिल्ला अदालतबाट अनुमति दिइसकेको छ ।

डीएसपी श्रेष्ठका अनुसार मुनाको कोठाबाट प्रयोग भएको हतियारसमेत बरामद भएको छ । शिक्षक बिसीको मृत अवस्थाको अनुशन्धानका लागि परीक्षण गर्न पठाइएको छ ।

मंगलबार बिहान मालिका माविको बरण्डामा उनी मृत फेला परेका थिए । मुनाको घर शिक्षक बिसी मृत भेटिएको ठाउँदेखि ३० मिटर पर छ ।

४२ वर्षीय शिक्षक बिसी मालिका माध्यमिक विद्यालयमा ५६ सालदेखि कार्यरत थिए ।

 

सम्बन्धित खबरहरु