काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिधान अधिबेशनको लोगो सार्वजनिक गरेको छ । नेकपा एमालेको विधान अधिवेशनमा ३ हजार जना प्रतिनिधि रहने प्रस्ताव आएको छ ।

नेता योगेश भट्टराईका अनुसार केन्द्रीय कमिटी, केन्द्रीय विभाग, निकाय, प्रदेश कमिटी, जिल्ला कमिटी, पार्टीका जनवर्गीय सङ्गठन, सङ्घीय तथा प्रदेश सांसद, स्थानीय तहका प्रतिनिधिहरू समेत गरेर ३ हजार जना प्रतिनिधि रहने तय भएको हो ।

‘विधान अधिवेशनमा प्रतिनिधि को–को हुने भन्ने विषयमा छलफल गरेर तय गरिसकेका छौ । हाम्रो अघिल्लो विधानले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यहरू स्वतः विधानको प्रतिनिधि हुने व्यवस्था गरेको थियो ।

तर, नवौँ राष्ट्रिय अधिवेशनपछि पार्टी एकता भयो र प्रतिनिधि परिषद्को निर्वाचन हुन पाएन’ भट्टराईले भन्नुभयो, ‘त्यसैले अन्तरिम व्यवस्थामार्फत गरेर विधान महाधिवेशनका प्रतिनिधिहरू निश्चित गर्नुपर्ने भएकाले यस विषयमा तय भएको हो ।

एमालेले असोज ४ देखि ६ गतेका लागि तय गरिएको विधान महाधिवेशन असोज १५ देखि १७ गतेलाई सारेको छ।

यस्तो छ विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधिको विवरण :

  • केन्द्रीय विभाग सचिवसहित १५ सदस्य
  • जेष्ठ कम्युनिस्ट मञ्च पदाधिकारी र सदस्य
  • केन्द्रीय कमिटी पदाधिकारी र सदस्य
  • विशेष कमिटी पदाधिकारी र सदस्य
  • निर्वाचन आयोग पदाधिकारी र सदस्य
  • सल्लाहकार परिषद् पदाधिकारी र सदस्य
  • अनुशासन आयोग पदाधिकारी र सदस्य
  • प्रदेश र सोसरहका कमिटी पदाधिकारी र सदस्य
  • लेखा परीक्षण आयोग पदाधिकारी र सदस्य
  • जिल्ला कमिटी पदाधिकारी र सदस्य
  • निर्वाचन क्षेत्रबाट महिला,दलित खुला एक सदस्य
  • जनसंगठन पदाधिकारीमध्येबाट १० जना
  • पार्टी सदस्य रहेका संघीय संसदका सदस्य
  • पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य
  • एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र,
  • एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनित सदस्य

सम्बन्धित खबरहरु