काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा तालिका सार्वजनिक गरेको छ ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयले यस्तो सूचना जारी गरेको हो ।

त्रिविले ब्याचलर अफ विजिनेश एडमिनिस्ट्रेसन (बीबीए), ब्याचलर अफ विजिनेश एड्मिनिस्ट्रेसन–फाइनान्स (बीबीए–एफ), व्याचलर अफ विजिनेश म्यानेजमेण्ट (बीबीएम), व्याचलर अफ इन्फर्मेशन म्यानेजमेण्ट (बीआईएम), व्याचलर अफ माउण्टेनियरिङ्ग स्टडिज् (बीएमएस), व्याचलर अफ पब्लिक एड्मिनिस्ट्रेशन (बीपीए), व्याचलर अफ ट्राभल एण्ड टुरिजम म्यानेजमेण्ट (बीटीटीएम) प्रथम सत्रको नियमित परीक्षा कार्यक्रम–२०२१ को परीक्षा तालिका सार्वजनिक गरिएको हो ।

परीक्षा केन्द्र र समयको सम्बन्धमा त्रिविले पछि जानकारी गराउने उल्लेख गरेको छ । साथै त्रिविले परीक्षा तोकिएको मितिमा कुनै आकस्मिक बिदा पर्न गएमा यस कार्यालयको पूर्वसूचना बेगर परीक्षा स्थगन नहुने स्पष्ट पारेको छ ।

परीक्षाका लागि चाहिने लगबुक, ग्राफ पेपर, चार्ट आदी सामग्री परीक्षार्थीहरु आफैंले ल्याएर केन्द्राध्यक्ष को पूर्वस्वीकृति लिएर प्रयमेग गर्नुपर्छ । प्रवेशपत्र नभएका परीक्षार्थीलाई परीक्षामा सहभागी नगराइने पनि बताइएको छ ।

सम्बन्धित खबरहरु