काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा तालिका सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयले यस्तो सूचना जारी गरेको हो ।

त्रिविले मास्टर अफ बिजिनेश स्टडिज (एमबीएस) र मास्टर अफ पब्लिक एड्मिनिस्ट्रेसन (एमपीए) चौथोसत्र मौका परीक्षा कार्यक्रम–२०२१ को परीक्षा तालिका सम्बन्धि सूचना प्रकाशित गरिएको हो ।

परीक्षा तालिका सार्वजनिक गर्दै त्रिविले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय व्यवस्थापक संकाय डीनको कार्यालयबाट सेमेस्टर प्रणालीमा सञ्चालित मास्टर अफ बिजिनेश स्टडिज (एमबीएस) र मास्टर अफ पब्लिक एड्मिनिस्ट्रेसन (एमपीए) कार्यक्रम २०१८ मा भर्ना भई चौथोसत्रको नियमित परीक्षामा अधिकतम दुई विषयमा अनुतीर्ण भएका परीक्षार्थीको मात्र चौथोसत्र मौका परीक्षा देहाय बमोजिम सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

साथै त्रिविले परीक्षा बिहान ११ देखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने जानकारी दिएको छ । परीक्षा केन्द्रको सम्बन्धमा पछि जानकारीका गराइनेछ ।

तोकिएको मितिमा कुनै आकस्मिक बिदा पर्न गएमा कार्यालयको पूर्वसूचना बेगर परीक्षा स्थगन नहुने पनि स्पष्ट पारिएको छ ।

सम्बन्धित खबरहरु