काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालयले स्नातक तहको पहिलो, तेस्रो, पाँचौं र सातौं सेमेष्टरको सत्रान्त परीक्षा फारम भर्ने म्याद थप सम्बन्धी संशोधित सूचना जारी गरेको हो ।

सूचना जारी गर्दै त्रिविले भनेको छ, ‘मिति २०७८।०४।२२ मा प्रकाशित सूचनाअनुसार त्रिवि मानविकी तथा सामाजिकशास्त्र संकाय डीनको कार्यालयबाट सेमेस्टर प्रणालीमा सञ्चालित ब्याचलर इन कम्युटर एप्लिकेसन (बीसीए) कार्यक्रमअन्तर्गत शैक्षिक वर्ष २०१७ को सातौ सेमेष्टर, शैक्षिक वर्ष २०१८ को पाँचौं सेमेष्टर, शैक्षिक वर्ष २०१९ को तेस्रो सेमेष्टर र शैक्षिक वर्ष २०२० को पहिलो सेमेष्टरको नियमित तथा आंशिक परीक्षार्थीहरुको सत्रान्त परीक्षा फारम भर्ने अन्तिम म्याद वि।सं २०७८ साल भदौ १५ गते सम्म रहेकोमा २०७८ साल आश्विन १० गतेसम्म थप गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो संसोधित सुचना प्रकाशित गरिएको छ ।’

सम्बन्धित खबरहरु