काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले परीक्षाफल प्रकाशित गरेको हो ।

परीक्षाफल प्रकाशित गर्दै त्रिविले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुद्वारा सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार २०७७ साल चैत्र महिनामा सञ्चालन भएको स्नातकोत्तर तह जल तथा मौसम विज्ञान विषय प्रथम बर्ष प्रथम सत्र २०७६ समूहको नियमित तथा सोही सत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षाको परिक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान परीक्षा सञ्चालन समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।’

त्रिविका अनुसार लब्धाङ्कपत्र सम्बन्धित केन्द्रीय विभागबाट प्राप्त गर्न सकिनेछ ।

परीक्षाफल सकेसम्म त्रुटीरहित होस् भन्ने उद्देश्य राखी प्रकाशित गरेको भन्दै छपाइ तथा अन्य कुनै कारणबाट गल्ती भए मुल अभिलेख अनुसार सच्याउने पनि त्रिविले जानकारी गराएको छ ।

पुनर्योग गर्न चाहने विद्यार्थीहरुले नतिजा सार्वजनिक भएको मितिले २० दिनभित्र निवेदन दिनुपर्नेछ ।

यसैगरी त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले परीक्षाफल प्रकाशित गरेको छ । परीक्षाफल प्रकाशित गर्दै त्रिविले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुद्वारा सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार २०७७ साल चैत्र महिनामा सञ्चालन भएको स्नातकोत्तर तह गणित विषय प्रथम बर्ष प्रथम सत्र २०७६ समूहको नियमित तथा सोही सत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षाको परिक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान परीक्षा सञ्चालन समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।’

त्रिविका अनुसार लब्धाङ्कपत्र सम्बन्धित केन्द्रीय विभागबाट प्राप्त गर्न सकिनेछ । परीक्षाफल सकेसम्म त्रुटीरहित होस् भन्ने उद्देश्य राखी प्रकाशित गरेको भन्दै छपाइ तथा अन्य कुनै कारणबाट गल्ती भए मुल अभिलेख अनुसार सच्याउने पनि त्रिविले जानकारी गराएको छ । पुनर्योग गर्न चाहने विद्यार्थीहरुले नतिजा सार्वजनिक भएको मितिले २० दिनभित्र निवेदन दिनुपर्नेछ ।

सम्बन्धित खबरहरु